- अर्थ सरोकार सम्बाददाता
कैलाली । कैलालीको धनगढीमा बिहिबार थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।
जसमा ३७ जना प्रहरी छन् । सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले ५० जनामध्ये सशस्त्र प्रहरी गणका ३७ जनामा कोरोना देखिएको बताए ।