
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा लोडसेडिङको सूचना जारी गरिएको छ । नेपाल विद्युत प्राधिकरणको चार वर्षे कार्यकाल पुरा गरी बिदा भएका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने जन आवाज उठिरहेका बेला कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले भने विद्युत सेवा अवरुद्ध (लोडसेडिङ) हुने सूचना सार्वजनिक गरेको हो ।
उक्त वितरण केन्द्रले बुस कटिङको कार्य सञ्चालन हुने भन्दै विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने सूचना जारी गरेको हो । केन्द्रले एक सूचना जारी गर्दै २ असोज देखि १३ असोज सम्म विभिन्न ५ फिडर अन्तरगतका सेवा अवरुद्ध हुने जानकारी गराएको छ । यता कुलमान घिसिङको कार्यकाल अन्त्य भएपछि यस्तै बाहानामा अझै लोडसेडिङ पो हुने हो कि भन्ने चिन्ता सार्वसाधारणमा छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्