
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पिसिआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।
भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ । श्रीमतीमा कोरोनाको सङ्क्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका तीन जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको हो । परिवारका अन्य सदस्यमा कोरोनाको सङ्क्रमण भएको पाइएको छैन । संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।कोरोनाको सङ्क्रमणको आशङ्का भएपछि पिसिआर परीक्षणका लागि स्वाब दिएको चार दिनदेखि नै क्वारेन्टिनमा बस्दै आएको कार्यालय सहयोगीले बताउनुभयो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्