×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलको कोरोना अस्पतालमा नवलपरासी र कपिलवस्तुका २ संक्रमितको मृत्यु

GLOBAL IME BANK

बुटवलको कोरोना अस्पतालमा नवलपरासी र कपिलवस्तुका २ संक्रमितको मृत्यु

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

बुटवल । कोरोना संक्रमणबाट नवलपरासी र कपिलवस्तुका २ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक/एक जना संक्रमितको मृत्यु भएको हो । 
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: