×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या कति पुग्यो ?

PRIME CA

कपिलवस्तुमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या कति पुग्यो ?

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाका कारण कपिलवस्तुमा थप दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो । ती महिलामा यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिकाका ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको हो । उनी दमको बिरामी थिए । उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: