- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेश सभाका सांसद दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा श्रेष्ठलाई संक्रमण पुष्टी भएको हो ।
जुम्लाबाट निर्वाचित श्रेष्ठ एक महिनादेखि खलंगा बजारमै रहेका थिए । जुम्लामा दिनहुँ संक्रमणको दर बढेको र भेट्नको लागि कार्यकर्ता आउन थालेपछि पीसीआर परीक्षण गरिएको थियो। त्यसपछि उनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीमा कोरोनाको कुनै लक्षण नदेखिएको र अहिले उनी होम आइसोलेसनमा रहेका छन् ।