×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टी

GLOBAL IME BANK

प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टी

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कर्णाली । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टी भएको हो । प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावललेश्रेष्ठमा कोरोना सङ्क्रमण देखिएको बताए । 
यस्तै प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ । यसअघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरु सबैको आइसोलेसनमा उपचार भइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: