×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी ! (विवरणसहित)

GLOBAL IME BANK

पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी ! (विवरणसहित)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २२ जना, बझाङ, सर्लाही, बाँके दाङका एक/एक जनामा र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा सल्यानका एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या दुई हजार आठ सय ६३ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: