×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी, एकै दिन सल्यानमा ३३ जना संक्रमित फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी, एकै दिन सल्यानमा ३३ जना संक्रमित फेला

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण हुनेमध्ये सल्यानका ३३ जना रहेका छन् भने सुर्खेतका १३ जना, दैलेखका दुईजना, जाजरकोट, रुकुम पश्चिम र उदयपुरका एक/एकजना रहेका छन् ।
सल्यानको बनगाडकुपिण्डे नगरपालिकामा एकैदिन ३३ जनामा संक्रमण देखिएको छ । उनीहरु बनगाडकुपिण्डे नगरपालिका वडा नं. १, २, ३ र ५ का हुन् । संक्रमितमा २ देखि ८ वर्षसम्मका ५ जना बालबालिका छन् ।
प्रदेशभर कोरोना संक्रमितको संख्या २९१४ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप ३५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २६०५ पुगेको छ।
हालसम्ममा प्रदेशभर ३०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी