
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टी भएको हो ।
सुर्खेतका एकजना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी, दुईजना जनप्रतिनिधि, तीनजना बैंकका कर्मचारी, एकजना निर्माण व्यवसायी र दुईजना भारतीय आर्मीमा संक्रमण पुष्टी भएको जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
विरेन्द्रनगरका २१ जनासहित सुर्खेतमा मात्रै थप ३९ जनामा संक्रमण देखिएको छ । यस्तै दैलेखका सातजना, जाजरकोटका दुईजना र कालीकोटका एकजनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २८३५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्