×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

५ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टी हुनेमा सुर्खेतका २१ जना, दैलेखका १० जना, सल्यान, जुम्ला, कन्चनपुर, बैतडी र प्युठानका एक/एकजना रहेका छन् । साथै, एकजना भारतीय नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३१७३ पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सोमबार प्रदेशमा थप नौंजना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २६८७ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: