
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार सुर्खेतमा ११ जना, जुम्लाका दुइ जना र दैलेखका एक जनामा संक्रमण देखिएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४५६ पुगेको छ ।
यस्तै, कर्णालीमा मंगलबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २११९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३३१ जना आइसोलेसनमा रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्