×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णालीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, ११० जना भए ‘डिस्चार्ज’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर्णालीमा थप १० जनामा कोरोना संक्रमण पुष्टी, ११० जना भए ‘डिस्चार्ज’

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा थप १० जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टी हुनेमा सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेख, रुकुम पश्चिम र सिराहाका एक/एक जनामा संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७८६ पुगेको छ ।
महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार आइतबार मात्रै प्रदेशमा थप ११० जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५०५ पुगेको छ ।
आइतबार सम्मा प्रदेशभर २७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: