- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशमा दुई जना नर्ससहित ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
पोखराको अमरसिंहचोकस्थित पार्कल्यान्ड अस्पतालमा कार्यरत दुई जना नर्समा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये पोखरा महानगरपालिकाका २० जना रहेका छन् । यस्तै स्याङजाको पुतली बजारका २२ जना, तनहुँका सात जना, नवलपरासीका १३ जना, बागलुङका तीन जना र गोर्खाका दुई जना रहेका निर्देशनालयले जनाएको छ । त्यस्तै, थपिएका संक्रमितमा केही कर्मचारी पनि छन्। लमजुङको रिलायन्स फाइनान्समा कार्यरत दुई कर्मचारी, कावासोतीमा दुई र बुलिंगटारका एक जनामा कोरोना देखिएको छ। को कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित भेटिएका हुन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय १६ पुगेको छ। देशभर कोरोना संक्रमितको संख्या ४५ हजार तीन सय ४६ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्