- अर्थ सरोकार सम्बाददाता
काभ्रे । उपत्यका प्रवेश गर्ने नाका साँगाको सिमानामा सुरक्षार्थ खटिएका ८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार काभ्रे जिल्लामा थपिएका १० नयाँ संक्रमित मध्ये ८ जना सुरक्षाकर्मी रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो ।
प्राप्त जानकार अनुसार लक्षण देखिएका दुई र लक्षण नदेखिएका ६ जनालाई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । अहिले उनीहरुलाई उपचारका लागि आइसोलेसनमा राखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालका प्रमुख एसपी महेश केसीले जानकारी दिए ।
जिल्लामा संक्रमित हुनेहरूको संख्या ३ सय २९ पुगेको छ । जसमा सुरक्षाकर्मीको संख्या ४० रहेको छ ।