
काभ्रे । काभ्रेको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गते यताका ३७९ सङ्क्रमित मध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ । “जिल्लाका कूल सङ्क्रमित मध्ये ५२ प्रतिशत निको भएर घर फर्किएका छन्, हामी कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्दै सङ्क्रमितको उपचारमा दत्तचित्त छौँ”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने ।
झाका अनुसार जिल्लामा कोरोना जित्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८२ छ । सङ्क्रमितमध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा रहेको पोष्टले जनाएको छ । होम आइसोलेसनमा बस्नेलाई नियमित स्वास्थ्य जाँच तथा उपचार सेवा पुर्याइरहेको झाले बताए । त्यसो त काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । एक नगर तथा छ गाउँपालिका कोरोनामुक्त अवस्थामा रहेका हुन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।
जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ५१ दशमलव ०९ प्रतिशत सङ्क्रमित बनेपा नगरमा छन् । बनेपाका सङ्क्रमितमध्ये महिलाको तुलनामा पुरुषको सङ्ख्या दोब्बर छ । सबैभन्दा कम नमोबुद्ध नगर र भुम्लु गाउँपालिकमा दुई÷दुई रहेका छन् । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये बनेपामा ९३, धुलिखेल नगरमा ५०, पनौतीमा चार र पाँचखालमा १० छन् ।
नयाँ सङ्क्रमित देखिएलगत्तै ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र स्वाब सङ्कलन गरी रिपोर्ट नआउञ्जेल क्वारेन्टिनमा राख्ने गरिएको झाले बताए । उनले भने, “सङ्क्रमितको सम्पर्कमा आएकाहरु स्वतःस्फूर्त पिसीआर परीक्षणको दायरामा आए कोरोना सङ्क्रमण नियन्त्रणमा निकै सहज हुने थियो ।” उनका अनुसार कन्ट्याक्ट ट्रेसिङमा जनप्रतिनिधिको भूमिका निकै उत्साहपूर्ण देखिएको छ । जिल्लास्थित १३ स्थानीय तहमा हाल ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्