
काभ्रेपलाञ्चोक। काभ्रेमा एकैदिन अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । हिजो गरेको परीक्षणबाट थप ७९ जनामा संक्रमण पुष्टी भएको हो । नयाँ संक्रमितहरूमध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।
पोष्टका अनुसार हिजोको परीक्षणमा थप पाँचखाल-५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल-७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुईरदुई जनामा कोरोना संक्रमण देखिएको छ। नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गरिएको पिसीआर परीक्षणमा तालिम केन्द्रमा रहेका ६९ सैनिकमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा। नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिक संक्रमित भेटिएका थिए।
नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने सैनिकलाई उक्त केन्द्रमा अन्तिम तालिम दिएर पठाउने गर्दछ। यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म काभ्रेको सुरक्षा निकायमा १०९ जनामा संक्रमण पुष्टी भएको छ।
जिल्लामा हालसम्म ५४१ जनामा कोरोना देखिएको छ। कूल संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन्। १९५ सक्रिय सङ्क्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन्। -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्