×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘यो सरकारको आँखा केवल कुर्सीमा छ, किसानको पिडामा होईन…’- रामसिंह डगौरा (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कृषि आफैमा एउटा जटिल पेशा हो । जहाँ अवसर त थुप्रै हुन्छन् सँगसँगै चुनौती पनि त्यत्तिकै मात्रामा हुने गर्दछ । यिनै चुनौतिलाई अवसर मान्दै कृषि पेशामा जिवन समाहित गर्नेमध्येका एक हुन् कञ्चनपुर शुक्लाफाँटा नगरपालिका १० का रामसिंह डगौरा । 
डगौराले विगत ४ वर्ष अगाडी आफ्नै व्यक्तिगत लगानि र आफ्नै जग्गामा कृषि पेशा सुरु गरे । लगातार कृषि पेशामा लागेका डगौराले अहिले शुक्लाफाँटा नगरपालिका १० टोटीमै कृष्ण माध्यामीक विद्यालयको झण्डै २ बिघा जग्गा लिजमा लिएर कृषि पेशालाई बढावा दिईरहेका छन् । 
अहिले उनले सञ्चालन गरिरहेको कृषि फर्ममा विभिन्न तरकारीका बेर्ना उत्पादन, कुखुरा पालन, भैँसी पालन तथा बंगुर पालन पनि सुरु गरेका छन् । उनि भन्छन्, ‘दुःख त अति नै छ तर गर्नु त छँदै छ ।’ त्यस्तै आगँनमै सरकार हुँदा पनि आफ्नो दुःख मा कहिल्यै सहयोग नपुगेको डगौराको गुनासो रहेको छ । उनले थपे, ‘यदी सरकारी स्तरबाट अनुदान वा सहयोग मात्रै मिल्ने हो भने पनि म बेमौसमी तरकारी खेतीलाई शिर्ष स्थानमा पुर्याउन सक्छु तर यो सरकारको आँखा केवल कुर्सीमा छ किसानको पिडामा होईन ।’ बाँकी फोटो फिचरमा हेर्नुहोस….


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: