×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्च अदालतले भन्यो – ‘जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्नू’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सर्वोच्च अदालतले भन्यो – ‘जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्नू’

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सोमबार जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ । २०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशबन्डा गर्नेकोहकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । 
तर, भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो । जसको चौतर्फी विरोध भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: