×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुई तीन दिनमा डिस्चार्ज हुन्छु’ : महामन्त्री कोइराला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘दुई तीन दिनमा डिस्चार्ज हुन्छु’ : महामन्त्री कोइराला

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् । भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् । 
‘मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ’ उनले भने । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनी मङ्गलबार अस्पताल भर्ना भएका थिए । होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: