×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगर र धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

PRIME CA
GLOBAL IME BANK

विराटनगर र धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

विराटनगर । कोरोनाका कारण विराटनगर र धरानमा २ जना मृत्यु भएको छ । बुधबार कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १/१ जनाको पुरुषको मृत्यु भएको हो । कोशी अस्पतालमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको मेरिटी भएको हो भने सप्तरीको राजविराज–४ घर भएका ३९ वर्षीय पुरुषको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
मोरङका पुरुषलाई उपचारका लागि असोज ४ गते बिहान अस्पतालमा भर्ना गरी भेण्टिलेटरमा राखिएको थियो । उनमा श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । यत्सै बीपी प्रतिष्ठानमा ९ असोजमा भर्ना भएका राजविराजका ३९ वर्षीय पुरुषमा मधुमेह र उच्च रक्तचाप, मिर्गौलाको समस्या पनि थियो । प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: