
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरको कोशी अस्पतालको प्रयोगशालाका दुई जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासका अनुसार पीसीआरका एक र जनरल प्रयोगशालाका एक जना प्राविधिक कर्मचारीमा संक्रमण पुष्टी भएको हो ।
प्राविधिक कर्मचारीमा बुधबार साँझ कोरोना देखिएपछि अस्पतालको पीसीआर परीक्षण प्रभावित बनेको छ । अस्पतालको पीसीआर ल्याबमा १० जना प्राविधिक कर्मचारी खटाइएको थियो । एक जनामा संक्रमण देखिए पनि अरु कर्मचारीले सावधानी अपनाएर काम गरिरहेका छन् ।
यता जनरल प्रयोगशाला भने बन्द गरिएको छ । संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि इमरजेन्सी ल्याब खुला राखेर जनरल प्रयोगशाला दुई दिनका लागि बन्द गरिएको छ । हालसम्म कोशी अस्पतालका ३० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्