
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा यस्तो बताएका हुन् ।
उनले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने भन्दै उपस्थित सबै मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम ढुक्कसँग गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीको भनाइलाई उदृत गर्दै एक मन्त्रीले ‘आफ्नो मन्त्रालयको काम ढुक्कसाथ गर्नुहोस्, मन्त्री हेरफेर भन्दा पनि आफ्नो मन्त्रालयको कामको तनाव लिनुहोस् ।’ प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मात्रै नयाँ मन्त्री आउने बताए । उनले बाहिरी हल्लाको पछि नलाग्नेसमेत मन्त्रीहरुलाई सुझाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्