
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले ४७१ जना अस्पतालमा उपचारत रहेको बताए । एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा रहेको पनि उनले बताए ।
हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ भने ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्