
- अर्थ सरोकार सम्बाददाता
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कोरोनाको ठुलो जोखिम छ । दिनदिनै बैंक तथा वित्तीय संस्थाहरुमा कोरोना संक्रमितहरु बढिरहेका छन् । बैंकहरुमा पनि लापरवाही उस्तै छ । अधिकांस बैंक तथा वित्तीय संस्थाहरुमा भौतिक दुरी कायम गरिएको छैन भने धेरै बैंकमा सुरक्षा सामग्रीको प्रयोग पनि निकै फितलो छ । यसैबीच कुमारी बैंकमा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेतस्थित तल्लो बजार शाखामा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी बैंकको शाखा सिल गरिएको छ । संक्रमित कर्मचारीहरुलाई आइसोलेशनमा पठाइएको छ । कुमारी बैंकले यसअघि पनि विभिन्न शाखाका कर्मचारीमा कोरोना पुष्टी हुँदा पनि लापरवाही गर्दै आएको थियो । बैंकमा कोरोना संक्रमित भेटिएको केहि दिन अघिमात्र पनि खुब भीड थियो । भौतिक दुरी कायम गरिएको थिएन ।
यस विषयमा खबर सार्वजनिक भएपछी अर्थ सरोकारको सम्पर्कमा आएका बैंकका सुर्खेतस्थित शाखाका शाखा प्रबन्धक जगत बोहोराले भने भौतिक दुरी कायम गर्नु भनेको खण्डमा ग्राहकले उल्टै थर्काउने गुनासो पोखेका छन् । आफ्नो बैंकको लापरवाहीका कारण ग्राहकहरु जोखिममा रहेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि सुरुमा निकै आक्रामक ढंगले अर्थ सरोकारसँग प्रस्तुत भएका उनी भन्दै थिए, ‘राष्ट्रिय बाणिज्य बैंकमा कति धेरै भीड छ । तपाईं कुमारी बैंकको मात्र भीड देख्ने ?’
त्यसपछि उनको गैरजिम्मेवार प्रस्तुतीको हामीले ‘डिफेन्स’ गर्यौं। ‘तपाईंले बाणिज्य बैंकको भीड हेर्ने कि, आफ्नो बैंकको भीड व्यवस्थापन गर्ने ?’ भन्ने हाम्रो प्रश्नपछी उनले गुनासो पोख्दै भने, ‘ग्राहकहरु मान्दै मान्दैनन् । भौतिक दुरी कायम गर्नु भन्यो भने, ढिला हुँदैन ? भन्छन्। तेरो डिपोजिट निकालिदिन्छु, तेरो जागिर खाइदिउँ ? भन्छन् । हामीलाई पनि भनेका छन् । अनि के गर्नु ?’
साथै उनले आफ्नो शाखामा कर्मचारीहरु कोरोना संक्रमित भएपनि कसैको पनि कन्ट्याक्ट ट्रेसिङ नभएको बताएका छन् । ‘कन्ट्याक्ट ट्रेसिङ किन भएन ? किन हुँदैन ? केहि थाहा छैन । सरकारले केहि गर्दैन । भीड नगरौं भन्यो- ग्राहक मान्दैनन्, उल्टै थर्काउँछन् । भीड बढ्यो-तपाईं मिडियाहरु बैंकमा जोखिम बढ्यो, लापरवाही बढ्यो भन्नुहुन्छ । दोषजति हामीलाई नै आउँछ। जसो गरेपनि बैंक नै दोषी देखिन्छ । अहिले बैंकमा पनि त्रास बढेको छ।’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्