
- अर्थ सरोकार सम्बाददाता
धनगढी । धनगढीमा दिनप्रतिदिन पत्रकार असुरक्षित बन्दै गएका छन् । शुक्रबार धनगढीमा रहेको दिनेश सञ्चार गृहमा साँघातिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा १९ वर्षिय युवकको मृत्यु भएलगत्तै दिनेश खबरबाट प्रकाशित धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले कार्यकक्षमै पुगेर दिनेश खबरका पत्रकारमाथि कुटपिट गरेका हुन् ।
सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि उनीहरुले कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो ।
धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको भन्ने समाचार झुटो भएको भन्दै आक्रोशित भिडले कार्यकक्षमै पुगेर पत्रकारमाथी कुटपिट गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्