×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा खुकुलो भएसंगै बैंकहरुलाई राहत, कर्जा लगानीको दायरा बढ्न थाल्यो, एक महिनामै ३५ अर्ब कर्जा प्रवाह !

PRIME CA
GLOBAL IME BANK

निषेधाज्ञा खुकुलो भएसंगै बैंकहरुलाई राहत, कर्जा लगानीको दायरा बढ्न थाल्यो, एक महिनामै ३५ अर्ब कर्जा प्रवाह !

६ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । वाणिज्य बैंकहरुले एक महिनाको अवधिमा ३५ अर्ब रुपैयाँ कर्जा गरेका छन् । बैंकर्स संघका अनुसार असोज २ गतेसम्म बैंकहरुको कर्जा प्रवाह ३५ अर्ब रुपैयाँले बढेर २९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको हो ।
 
लकडाउन, निषेधाज्ञा खुकुलो भएसंगै बैंकहरुको कर्जा लगानी बढेको हो । लकडाउनका बेला भने बैंकहरुको कर्जा लगानी शुन्य प्राय थियो यद्यपि बैंकमा प्रशस्त रकम जम्मा भएको थियो । साउन मसान्तसम्म बैंकहरुले २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौको पहिलो साता बैंकहरुले २८ खर्ब ८६ अर्ब, दोस्रो साता २८ खर्ब ९२ अर्ब, तेस्रो साता २८ खर्ब ९७ अर्ब र चौथो साता २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तै उक्त अवधिमा बैंकहरुमा निक्षेप संकलन भने ३८ अर्ब रुपैयाँले बढेको छ । साउन मसान्तसम्म बैंकहरुले ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज २ गतेसम्ममा बैंकहरुले निक्षेप संकलन ३८ अर्ब रुपैयाँले बढाएर ३५ खर्ब १६ अर्ब रुपैयाँ पुर्याएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: