×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा कर्फ्यूको उल्लङ्घन गर्नेलाई गोली हान्न आदेश ! (विज्ञप्तिसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ललितपुरमा कर्फ्यूको उल्लङ्घन गर्नेलाई गोली हान्न आदेश ! (विज्ञप्तिसहित)

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । आज (शुक्रबार) बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गर्दै कर्फ्यूको उल्लङ्घन गर्नेलाई गोली हान्न आदेश पनि दिएको हो । ललितपुर पुल्चोकमा कोरोनाको महामारीकाबीच निषेधाज्ञाको उल्लङ्घन गर्दै स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । 
ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ । यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: