
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
ललितपुर । ललितपुर महानगरपालिका भित्र लगाइएको कफ्र्यु आदेश हटेसँगै प्रशासनले ५ जनाभन्दा बढी भेला हुन नपाइने गरी सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै महानगरभित्र आगामी ६ दिनसम्म ५ जना भेला हुन नपाउने गरी सूचना जारी गरेको हो । शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी रहेकोमा प्रशासनले सूचना जारी गर्दै रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा जम्मा हुन नपाइने गरी सूचना जारी गरेको हो ।
यसैगरी मीननाथको रथ रहेको आसपास क्षेत्र—पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म पनि भेला नहुने भनेको छ । प्रशासनको निर्णयसँगै त्यहाँ सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । नाकाहरुमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । अहिले त्यस क्षेत्रका सडक पनि सुनसान देखिएका छन । स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ६ (३ क) अनुसारा जारी गरिएको आदेश उल्लङ्घन गरेमा कानून अनुसार कारवाही हुने प्रशासनले जनाएको छ । यसअघि बिहीबार रातो मच्छिन्द्रनाथको रथ जबरजस्ती तानेर स्थानीयले पुल्चोकसम्म ल्याएपछि झडप भएको थियो । प्रशासनले शुक्रबार कफ्र्यु आदेश जारी गरेको थियो । कोरोना संक्रमणको जोखिमका कारण अहिले ललितपुर लगायत उपत्यकाभित्र निषेधाज्ञा भने जारी नै रहेको छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्