- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डको बुकक्लोज मिति तय गरेको छ । फण्डको ले नगद लाभांश वितरण गर्नको लागि भदौ २३ गते (एक दिन) बुक क्लोज मिति तय गरेको हो ।
फण्डले आर्थिक वर्ष २०७६/७७को लागि योजना इकाईधनीहरुलाई कर ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । लक्ष्मी इक्विटी फण्ड लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित रहेको छ ।