×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइसेन्स नवीकरण आइतबारदेखि खुल्ला हुने, ट्रायल सेवा भने स्थगन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लाइसेन्स नवीकरण आइतबारदेखि खुल्ला हुने, ट्रायल सेवा भने स्थगन

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो । अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने सूचनामा उल्लेख छ ।

ठूलो भर्‍याङ यातायात कार्यालयले भने बिहीबारदेखि नै सेवा सुरु गरेको छ । लाइसेन्स नवीकरण, स्मार्ट कार्डको प्रतिलिपि, स्मार्ट कार्ड भेरीफिकेसन र ट्रायल पासको राजस्व बुझाउने सेवा फेरि सुरु हुनेछ । तत्कालका लागि  ट्रायल र स्मार्ट कार्ड वितरणलगायत अरु सेवा भने स्थगन रहनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: