×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले भारतलाई १ वर्षमा बेच्यो ९६ करोड रुपैयाँको बिजुली, चुहावट १५ प्रतिशत नजिक !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपालले भारतलाई १ वर्षमा बेच्यो ९६ करोड रुपैयाँको बिजुली, चुहावट १५ प्रतिशत नजिक !

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालले भारतलाई एक वर्षमा ९६ करोड रुपैयाँको बिजुली बेचेको छ । गत आर्थिक वर्ष नेपालले भारतलाई ९६ करोडको बिजुली करोड रुपैयाँ बिजुली निर्यात गरेको हो । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१९ देखि २०२० मा भारतलाई नेपालले १० दशमलव ७० करोड युनिट बिजुली निर्यात गरेको हो । 
जसबाट प्राधिकरणले गएको आर्थिक वर्षमा बिजुली आयात घटाएको र निर्यात बढाएको देखिन्छ ।प्राधिकरणले गएको वर्ष २०७६/०७७ मा १० करोड ७० लाख युनिट विद्युत् भारतमा निर्यात गरेको छ । केही वर्षभित्रै विदुतमा आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ । अहिले इनर्जी बैंकिङ अवधारणमा बिजुली निर्यात भएको हो । आर्थिक वर्ष २०७२/०७३ मा ३१ लाख ५० हजार युनिट निर्यात भएको थियो । 
यस्तै प्राधिकरणले चुहावट १५ प्रतिशत नजिक झारेको छ । आर्थिक वर्ष २०७२/०७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर आर्थिक वर्ष २०७६/०७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: