×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञा खुकुलो बनाउने तयारीमा कैलाली प्रशासन !

GLOBAL IME BANK

निषेधाज्ञा खुकुलो बनाउने तयारीमा कैलाली प्रशासन !

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीमा निषेधाज्ञा खुकुलो बनाउने तयारीमा प्रशासन जुटेको छ । गत भदौ ४ गतेदेखी जारी गरिउको निषेधाज्ञाका कारण धनगढीको जनजिवन कष्ठकर बन्दै गएको भन्दै खुकुलो बनाउने तयारी थालिएको हो । 
जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ १९ गतेपछि निषेधाज्ञालाई खुकुलो पार्ने तयारी गरेको जनाइएको छ ।

भदौ १९ गतेपछि कसरी जाने भन्ने विषयमा सबै पक्षसँग छलफल भइरहेको बताउँदै केही सेवाबाहेक अन्य सेवा सुचारु गर्ने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । 

जिल्लामा कोरोनाको संक्रमण बढेपछि गत भदौ ४ गते मध्यरातिदेखि लागू हुने गरी पहिलोपटक भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेका थियो । त्यसप्रश्चात पुन पाँच दिन थप गरी भदौ १९ गतेसम्म पु¥याइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: