×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिलिण्डरको धरौटीमा एकरुपता, अब भरी सिलिण्डर ग्याँसको मूल्य कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिलिण्डरको धरौटीमा एकरुपता, अब भरी सिलिण्डर ग्याँसको मूल्य कति ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एकरुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।
बागमती प्रदेशमा शुक्रबारबाट लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको भरी सिलिण्डरको ग्याँसको मूल्य ३,४७५ रुपैयाँ मात्रै पर्नेछ । निगमले तोकेको ग्याँसको प्रतिसिलिण्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष भण्डरीले बताए । तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वनय हुने संघले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: