- अर्थ सरोकार सम्बाददाता
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोना परीक्षण शुल्क घटाएको छ । यसअघि सुरुमा ५५ सय र पछि ४४ सय रुपैयाँ लिइँदै आएको पीसीआर परीक्षण शुल्क सोमबारदेखि २५ सय रुपैयाँ लिने निर्णय भएको छ । त्यसैगरी बिरामी र उच्च जोखिममा परेकाहरुका लागि निःशुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिइने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्र खनालले बताए ।
अस्पतालले परीक्षण संख्या बढाई दैनिक ४ सयदेखि ५ सयजनाको परीक्षण गर्ने जनाएको छ । प्रदेश ५ कै भेरी अस्पताल नेपालगञ्जले एक हप्ता अघिदेखि २२ सय रुपैयाँमा परीक्षण गर्दै आएको छ । परीक्षण शुल्क घट्नु र फरक फरक दरमा गरिनुको कारणबारे अस्पतालले बताउन चाहेन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्