×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रातो मछिन्द्रनाथलाई यसरी लगियो बुंगमती…! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रातो मछिन्द्रनाथलाई यसरी लगियो बुंगमती…! (भिडियो रिपोर्ट)

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई इतिहासमै पहिलो पटक भोटो नदेखाई बुंगमती लगिएको छ । सोमबार साइतमा पुजा गरेर २ बजे पुल्चोकको सोह्रखुट्टे पाटीबाट रातो मछिन्द्रनाथलाई रथबाट ओरालेर खटमा राखेर बुंगमती लगिएको हो । गत बैशाखमै बुंगमती लग्नुपर्ने भएपनि कोरोना महामारीका कारण अन्यौल बनेको थियो । 
कारोनाकै कारण यो वर्ष भोटो पनि देखाइएन । विगतमा भोटो नदेखाएर मछिन्द्रनाथलाई बुंगमती लगिएको इतिहास नभएको जानकारहरु बताउँछन । कोरोना भाइरसले यस पटकको मछिन्द्रनाथको रथजात्रा प्रभावित बन्यो । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउन र त्यसपछिको निषेधाज्ञाका कारण जात्रा हुने नहुने अन्यौल थियो । अन्यौलकै बीच केही दिनअघि स्थानीय युवाहरुले जवरजस्ती पुल्चोकबाट रथ तान्न खोज्दा झडप समेत भएको थियो । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका बेला युवाहरुले जवरजस्ती रथ तान्न खोजेपछि झडप भएको थियो । 
प्रशासनले त्यस क्षेत्रमा एक दिन कफ्र्यु आदेश समेत जारी गरेको थियो । अवस्था असहज बन्ने देखिएपछि सरोकारवालाहरुले रथयात्रा एक दिनमा सीमित गर्दै जात्रा टुंग्याउने निर्णय गरेका थिए । सोही अनुसार आज बुंगमती लगिएको हो । विगत वर्षहरुमा लगनखेलको इटीटोलबाट तानेको चोथो दिनमा भोटो देखाएर मात्रै बंगमती लग्ने प्रचलन भएपनि यो पटक भने सम्भव भएन । उपत्यकामा दिनदिनै बढीरहेको कोरोना संक्रमणको जोखिमका कारण यसपटक भोटोजात्रा नै नगरी रातो मछिन्द्रनाथलाई बुंगमती फिर्ता लगिएको हो । मछिन्द्रनाथलाई बुंगमती फिर्ता लग्ने दिन राष्ट्रपति लगायतका विशिष्ट अधिकारीहरु जात्रा अवलोकनका लागि गरेको भएपनि यो वर्ष सम्भव भएन । 
बुंगमतीबासीहरु रातो मछिन्द्रनाथलाई स्वागत गर्न ठूलो संख्यामा भेला भएका थिए । यसअघि साउन १० गते मछिन्द्रनाथलाई तबहालबाट पुल्चोक पु¥याएर त्यहँ रथारोहण गरिएको थियो । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलन रहँदा यस वर्ष लगभग नौ महिना मच्छिन्द्रनाथ पाटनमै रहे । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: