
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षहरुलाई कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी बैंकले मौद्रिक नीति जारी गरेकाले यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह गरेका छन् । राष्ट्र बैंकले मंगलबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा गभर्नर अधिकारीलेको यस्तो बताएका हुन् ।
महामारीका बेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुन नहुने र आफ्नो व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित हुन पनि गभर्नर अधिकारीले बैंकका अध्यक्षहरुलाई आग्रह गरेका छन् । यस्तै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन भनेका छन् । राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न सकिने उक्त अन्तरक्रियामार्फत बताए ।
साथै उनले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने वित्तीय सेवामा सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए । बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यान, नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारी, हिमालयन बैंक लिमिटेडका अध्यक्ष तुलसीप्रसाद गौतम, मेगा बैंक लिमिटेडका अध्यक्ष भोजबहादुर शाह, लुम्बिनी विकास बैंकका अध्यक्ष दशरथ रिजाल, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष हिरेन्द्रमान प्रधान, रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशप्रसाद मल्लीलगायतले समसामयिक बैंकिङ तथा वित्तीय क्षेत्रका सन्दर्भमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्