
महोत्तरी । महोत्तरीमा चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व असुली गरेको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त अवधिमा नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएको पशु चौपाया, मटर र भारतबाट नेपालतर्फ चोरी पैठारी गर्न लागिएको चिनी, तेल, लत्ताकपडा, विभिन्न किराना सामान तथा सो सरसामान ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकलसहित रु २२ लाख २२ हजार ३९३ मूल्य बराबरको सामान बरामद गरिएको हो ।
यसैगरी नेपालबाट भारत र भारतबाट नेपाल चोरी तस्करी गर्नमा संलग्न रहेको आरोपमा १० व्यक्तिलाई नियन्त्रणमा लिई उनीहरुमाथि आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक केसीको भनाइ छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्