
मकवानपुर । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । सङ्क्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पुर्याउने उद्देश्यले सो आइसोलेशन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो ।
सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।
सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई सुझाव दिइएको छ । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्