×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मकवानपुरमा ह्वात्तै थपिए संक्रमित, यस्तो छ विवरण !

GLOBAL IME BANK
SHREE KESH

मकवानपुरमा ह्वात्तै थपिए संक्रमित, यस्तो छ विवरण !

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७२ जनामा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मकवानपुरका ८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
हेटौंडामा भेटिएका ७२ जना संक्रमितमध्ये ६२ जना हेटौंडा उपमहानगरपालिकाभित्रका रहेका छन् । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले २ वर्षका बालकदेखि ७३ वर्षका वृद्धासम्ममा संक्रमण पुष्टी भएको हो । जसमा ४३ जना पुरुष र २९ जना महिला रहेका छन् । 
यस्तै चितवनमा गरिएको पीसीआर परीक्षणबाट हेटौंडा–३ का २८ वर्षीय पुरूष, हेटौंडा–५ का २८, ३१ र ३३ वर्षीय पुरुष, हेटौंडा–८ का २६ वर्षीय पुरूष र ३२ वर्षीया महिला, मनहरी–६ की ८६ वर्षीया वृद्धा र बकैया–६ का ३३ वर्षीय पुरूषमा कोरना देखिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: