- अर्थ सरोकार सम्बाददाता
कैलाली । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कार्यालय प्रमुख सुरेन्द्र केसीका अनुसार कर्मचारीमा कोरोना पुष्टी भएसंगै प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । कार्यालयका अन्य कर्मचारीको पनि कोरोना परीक्षण गर्ने तयारी भईरहेको छ । सोही कारण सेवा ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।