
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ ।
सम्झौतासँगै मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट किन्न पहिला जस्तो लामो लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य समेत भएको छ । भक्तजनको स्वास्थ्य सुरक्षा ध्यान दिँदै टिकट खरिद गर्दा नगद रहित कारोबारलाई समेत प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले यस्तो व्यवस्था थप गरेको हो ।
यस सेवा भक्तजनहरुले टिकट खरिद गर्दा सोझै भक्तजनको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिनेछ । मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ । केबुलकार सञ्चालन भएपछि भक्तजनहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । सरकारले धार्मिक मठमन्दिर खुल्ला गर्ने निर्णय गर्न साथ उच्च स्वास्थ्य सुरक्षाका साथ केबुलकार सेवा सञ्चालन गर्ने तयारी अवस्थामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्