
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकको १८ लाख कित्ता सेयर लिलामीमा आउने भएको छ। बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो।
कम्पनीको उक्त सेयर लिलामी असाेज ११ गतेदेखि असोज १८ गतेसम्म बिक्री खुल्ला हुने छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले मेगा क्यापिटल , मेगा बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्