Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको १८ लाख कित्ता सेयर लिलामीमा आउँदै, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । मेगा बैंकको १८ लाख कित्ता सेयर लिलामीमा आउने भएको छ। बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो। 
कम्पनीको उक्त सेयर लिलामी असाेज ११ गतेदेखि असोज १८ गतेसम्म बिक्री खुल्ला हुने छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० अंकले भाग जाने संख्यामा वा बिमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लगानीकर्ताले मेगा क्यापिटल , मेगा बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK