×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्चेन्ट बैंकिङका कर्मचारी धमाधम संक्रमित हुन थालेपछी ग्राहकलाई डिजिटल माध्यमबाट सेवा लिन संघको आग्रह !

PRIME CA

मर्चेन्ट बैंकिङका कर्मचारी धमाधम संक्रमित हुन थालेपछी ग्राहकलाई डिजिटल माध्यमबाट सेवा लिन संघको आग्रह !

अर्थ सरोकार

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आज (बुधबार) देखि मर्चेन्ट बैंकिङहरुले डिजिटल माध्यमबाट ग्राहकहरुलाई सेवा दिने भएका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्येनजर गरी मर्चेन्ट बैंकिङहरुले डिजिटल माध्यमबाट ग्राहकहरुलाई सेवा दिने भएका हुन् । यसो त मर्चेन्ट बैंकिङहरुमा कार्यरत कर्मचारीहरुनै संक्रमित हुन थालेपछि आफ्ना कर्मचारी र सेवाग्राहीको दुरी कायमका लागि यस्तो गरिएको हो । 
यता मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले सेवा लिनका लागि ग्राहकहरुलाई सकेसम्म मर्चेन्ट बैंकिङको कार्यालयमा नआई फोन, ई-मेल र अनलाइनबाट सेवा लिन आग्रह गरेका छन् । यद्यपी संघमा आबद्ध २४ वटै मर्चेन्ट बैंकिङका कार्यालय भने खुल्लै हुनेछन् । 
यता हिजो (मंगलबार) मात्रै नबिल इन्भेस्टमेन्ट बैंकिङका १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । संघका अनुसार अर्को सूचना जारी नभएसम्म २४ वटै मर्चेन्ट बैंकिङले भौतिक रुपमा ग्राहकको उपस्थिति विना सेवा प्रदान गर्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: