
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज (बुधबार) बाट ‘मेरो सेयर’ मोबाइल एप सार्वजनिक हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ को मोबाइल एप आज बेलुकी सार्वजनिक गर्ने तयारी गरेको हो । सीडीएससीले आधा महिना अर्थात् १५ दिनजति बजारबाट प्रतिक्रिया लिनका लागि उक्त मोबाइल एप सार्वजनिक गर्ने जनाएको छ ।
हाललाई एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुने एप छिट्टै आईओएस सिस्टमको मोवाइल फोनका लागि पनि तयार गरिने बताइएको छ । हालसम्म मेरो सेयरको सफ्टवेयर वेब बेसमा मात्र रहेको थियो ।
मोवाइल एपमार्फत पनि मेरो सेयरमार्फत गर्न सकिने सबै काम गर्न सकिने बताइएको छ । एपमा आइपिओमा आवेदन दिन, सेयर विक्री पश्चात ट्रान्सफर गर्ने सुविधा उपलब्ध छ । अहिले मेरो सेयर सफ्टवेयरमा देखिएका बिभिन्न समस्या मोबाइल एपमा भने नदेखिने बताइएको छ ।
मोबाइल एपमा सीडीएससीको वेबभर्जनमा रहेको जस्तै लोगो समावेश हुनेछ । प्रयोगकर्ताले युजर नेम र पासवर्ड खुल्नेबित्तिकै हाल ‘मेरो सेयर’मा समावेश भएकै ड्यासबोर्ड खुल्ने बताइएको छ । मोबाइल एपबाट लगानीकर्ताहरुलाई थप सहज हुने विश्वास सीडीएससीको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्