- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ। मिर्मिरे लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएकाे छ । काभ्रेपलाञ्चाेक जिल्ला बनेपा नगरपालिका वडा नं.९ बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गाेलबजार नगरपालिका वडा नं.७ मा रजिष्टर्ड कार्यालय रहेकाे श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्ने भएको हो ।
मिर्मिरे लघुवित्त र श्रृजनशील लघुवित्तबीच मर्जर गर्नका लागि आज (असाेज १२ गते, साेमबार) समझदारी पत्रमा हस्ताक्षर भएकाे मिर्मिरेले जनाएको छ ।