×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट मोरङका ४० वर्षिय पुरुषको बीपी प्रतिष्ठानमा मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाबाट मोरङका ४० वर्षिय पुरुषको बीपी प्रतिष्ठानमा मृत्यु

Artha Sarokar

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । कोरोना भाइरस संक्रमणका कारण मोरङमा एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका एक ४० वर्षीय पुरुषको मृत्यु भएको हो । 
मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।
यसअघि आइतबार दिउँसो बिराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी