×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीलाई धम्की दिँदै रकम असुल्ने पाँच जना पक्राउ, भेटियो पेस्तोल र गोली

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

व्यवसायीलाई धम्की दिँदै रकम असुल्ने पाँच जना पक्राउ, भेटियो पेस्तोल र गोली

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । मोरङबाट पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने २७ वर्षका राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह र २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बोदेबर्साइन–८ का नन्दकिशोर साह रहेका छन् ।
प्रहरीले उनीहरुबाट एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने तीन राउण्ड गोली, नगद ९७ हजार रुपैया, १६ थान मोबाइल, कोटक महेन्द्रा नाम लेखिएको भारतीय बैंकको दुई थान चेक, तीनवटा मोटरसाइकल र एउटा चक्कु बरामद गरेको छ ।
पक्राउ परेकाहरुले केही समयअघि विराटनगरका दुई व्यापारीलाई धम्की दिएर रकम मागेका थिए । तीमध्ये एक जनाबाट ५ लाख रुपैयाँ असुलेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।
असार २५ गते र साउन १३ गते उनीहरुले बिराटनगरका व्यापारीलाई धम्क्याएर रकम मागेका थिए । उनीहरुले २५ असारमा रकम माग गरेका व्यापारीले विराटनगर गुद्री बजार कञ्चनबारी चोकमा पुगेर एक पटक एक लाख र एक पटक चारलाख रकम बुझाएका थिए । अर्का ब्यापारीले भने पटक पटक धम्की आएपछि प्रहरीलाई सूचना दिएका थिए । यही समूहले चाइना बजार सञ्चालक नरेश साहको घरबाट ११ लाख चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: