×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन इनर्जीको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री खुला, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार

PRIME CA

माउन्टेन इनर्जीको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री खुला, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माउन्टेन इनर्जी नेपालको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ आज (भाद्र ३१ गते, बुधबार) बाट बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको आइपिओ बिक्री खुल्ला गरेको हो । 
स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि पनि आइपीओ खुला हुनेछ । यसले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ लाख कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआइएल क्यापिटलले रहेको छ । आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २४ गते र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: