×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा. नारायणप्रसाद पौडेल नियुक्त

१४ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा. नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । 
दरखास्ता आह्वानबमोजिम १९ जनाको आवेदन परेको थियो । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा सुरेशराज शर्मा नेतृत्वको तीन सदस्यीय छनोट समितिले आवेदकहरुको आवश्यक मापदण्डका आधारमा डा. पौडेललाई छनोट गरेको थियो । 
१९ जनाबीचको प्रतिस्पर्धामा समितिले छनोट गरेका सह प्रा. डा. पौडेललाई रजिष्ट्रार नियुक्तिका लागि मप विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको र प्रधानमन्त्रीले नियुक्ति स्वीकृत गरेको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: